ताजा समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक: पत्रकारलाई बाहिर निकालियाे !

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुवातमै विवादपूर्ण बनेको छ। प्रज्ञा भवन कमलादीमा सुरुमै भएको होहल्लापछि उद्घाटन सत्रको रिपोर्टिङका लागि पुगेका पत्रकारलाई बाहिर निकालिएको हो।

बैठकमा नेता सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यलाई बोल्ने अवसर दिनुपर्ने माग गरेका थिए। तर पार्टी नेतृत्वले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गराई टोली नेतामार्फत धारणा प्रस्तुत गर्ने तयारी गरेको थियो। सो निर्णयको विरोध गर्दै सदस्यहरूले व्यक्तिगत रूपमा बोल्ने माग राखेपछि बैठक हलमा होहल्ला चर्किएको हो।

स्थिति नियन्त्रणमा लिन महासचिव देव गुरुङले पत्रकारलाई बाहिरिन आग्रह गरे। त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। विशेष महाधिवेशन, आसन्न आम निर्वाचन र पार्टी एकता जस्ता विषयहरू यस बैठकका प्रमुख एजेन्डा रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org