माओवादी केन्द्रको केन्द्रीय समिति बैठक: पत्रकारलाई बाहिर निकालियाे !
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुवातमै विवादपूर्ण बनेको छ। प्रज्ञा भवन कमलादीमा सुरुमै भएको होहल्लापछि उद्घाटन सत्रको रिपोर्टिङका लागि पुगेका पत्रकारलाई बाहिर निकालिएको हो।
बैठकमा नेता सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यलाई बोल्ने अवसर दिनुपर्ने माग गरेका थिए। तर पार्टी नेतृत्वले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गराई टोली नेतामार्फत धारणा प्रस्तुत गर्ने तयारी गरेको थियो। सो निर्णयको विरोध गर्दै सदस्यहरूले व्यक्तिगत रूपमा बोल्ने माग राखेपछि बैठक हलमा होहल्ला चर्किएको हो।
स्थिति नियन्त्रणमा लिन महासचिव देव गुरुङले पत्रकारलाई बाहिरिन आग्रह गरे। त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। विशेष महाधिवेशन, आसन्न आम निर्वाचन र पार्टी एकता जस्ता विषयहरू यस बैठकका प्रमुख एजेन्डा रहेका छन्।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












