तुइनखोलाको पहिरो ६० प्रतिशत हटाइयो, आज रातिसम्ममा सवारी सञ्चालन !
काठमाडौं । पृथ्वि राजमार्ग अन्तरगत नारायणगढ–मुग्लिन सडक खण्डकाे धादिङस्थित तुइनखोलामा झरेको पहिरो अहिलेसम्म ६० प्रतिशत हटाइसकिएको सडक विभागले जनाएको छ।
पहिरो पन्छाउन मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटरले निरन्तर पहिरो पन्छाइरहेको र नारायणगढ तर्फबाट एक्साभेटर र लोडर एक–एक वटा परिचालन गरिएको छ । यसको अलावा दुवैतर्फ १–१ वटा ब्याकहो लोडर तैनाथ गरिएको विभागले जनाएकाे छ।
काम गर्ने क्षेत्र साँघुरो भएकोले एकैपटक दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले जनाएको छ। पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूला–ठूला ढुंगाका कारण केही कठिनाइ भए तापनि उपकरणहरूले पूर्ण क्षमतासाथ काम गरिरहेको जनाइएको छ।
पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र स–साना तिखा ढुंगाका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याका कारण सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभी इक्विपमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुई जना अपरेटर थप गरिएको छ। कुनै पनि बाधा नआए निरन्तर रूपमा कार्य गर्न सकिए आज रातिसम्ममा पूरै पहिरो पन्छाएर सवारी आवागमन सञ्चालन हुने विभागको विश्वास छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











