ताजा समाचार

प्रधानमन्त्री कार्कीको सम्बोधनको पूर्णपाठमा के छ ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै, नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन ल्याउन र सुशासनको अपेक्षा पूरा गर्न आफू कटिबद्ध रहेको बताइन् । उनले आगामी छ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु आफ्नो प्रमुख दायित्व भएको स्पष्ट पारिन् ।

गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनपछि उत्पन्न परिस्थितिमा, पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते आन्तरिक सरकार गठन गरिएको थियो । त्यसपछि सिंहदरबारबाट पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न भएको जानकारी दिइन् ।

उनको भनाइअनुसार, तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org