ग्रामीण क्षेत्रमा अझै कायम छ ‘बालीघरे प्रथा’
भोजपुर: ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।
ग्रामीण क्षेत्रमा सीपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ । यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ ।
कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ ।
देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिनुभयो । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उहाँको भनाइ छ ।
उहाँका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै वर्षअघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन । केही सुधार भए पनि अहिले पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्दछन् ।
आफूजस्ता अभियन्ताहरूले हकअधिकारका लागि विभिन्न अभियान सञ्चालन गरे पनि त्यो पर्याप्त हुन नसकेको रणपहेलीले बताउनुभयो । यो प्रथाको अन्त्यका लागि हामी लागिरहेका छौँ । विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । तर यस्तो प्रथा भने कायम नै छ । यसको मुख्य कारण गरिबी भएको उहाँले भन्नुभयो । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा पछिल्लो समय युवापुस्तामा यो पेसाप्रति रुचि घट्दै गएको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












