ताजा समाचार

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारि वेस्ट इन्डिजसँगको टी–२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउन सकेको छैन। यस योगफल डिफेन्ड गर्दै जित निकालेमा नेपालले इतिहास रच्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org