ऐतिहासिक जितले उत्साहित नेपाल वेस्ट इन्डिजसँग आज दोस्रो खेल खेल्दै !
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ।
नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ। पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।
पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल लगातार जित निकाल्दै एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ। वेस्ट इन्डिजले भने सम्हालिएर प्रदर्शन गर्दै अबको खेल आफ्नो पक्षमा पार्ने लक्ष्य लिएको छ। अघिल्लो खेलमा नेपाललाई कमजोर अनुमान गर्दा पराजित हुनुपरेको वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले स्वीकार गरिसकेका छन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमले क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको हो। वेस्ट इन्डिजविरुद्धको सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ।
नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ।
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












