ताजा समाचार

प्राधिकरणले तोक्यो चाडबाड लक्ष्यित नयाँ भाडादर, कुन ठाउँकाे कति ?

काठमाडौं । चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर सारर्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

तय भएको दरभन्दा बढी रकम लिएर टिकट विक्री गरेको पाइएमा कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org