टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ ।
एयरलाइसन्ले सोमबार एक विज्ञप्ति जारी गर्दै सडक सञ्जालको अवरोधका कारण काठमाडौं बाहिर रहेका, बेलैमा काठमाडौं आउन नसकेका यात्रुका लागि विशेष छुटको व्यवस्था मिलाइएको हिमालयले जनाएको छ ।
एयरलाइन्सका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं) बाट हिमालय एयरलाइन्सका सबै अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई एक पटक निःशुल्क मिति परिवर्तन गर्न पाउने छन् । सामान्य अवस्थामा टिकटको मिति सार्दा शुल्क लाग्ने भए पनि अहिले यात्रुले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने एयरलाइन्सले जनाएको छ ।
२०८२ असोज १८ गतेदेखि २१ (अक्टोबर ४ देखि ७) सम्मको टिकट काटेका यात्रुहरुले यो सुविधा पाउने छन् । प्रभावित यात्रुहरूले आगामी कात्तिक ८ (अक्टोबर २५) भित्र पुनः अर्को मिति निर्धारण गर्न सक्नेछन् ।
एयरलाइन्सले प्रभावित यात्रुहरूलाई आवश्यक छुट कोड ईमेलबाट मार्फत पठाउने जनाएको छ । यसका लागि हिमालय एयरलाइन्स बिक्री कार्यालय गैरिधारा, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ ।
आफ्ना यात्रुहरूको सहजता, सुरक्षा र सन्तुष्टिलाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...











