ताजा समाचार

गुण्डुमा एमालेको सचिवालय बैठक आज बस्दै !

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

त्यस्तै, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org