ताजा समाचार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी !

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडाैं सहित देशैभरि भएकाे जेनजी अान्दाेलनलाई उक्साएकाे  र देशलाइ ठूलाे क्षति पुगेकाे विषयलाइ लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । यसअघि एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध जाहेरी दिएका थिए ।

आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिइएको हो । जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल गर्न हिजो नेविसंघ केन्द्रीय समिति वैठक बसेको थियो । उक्त वैठकले बालेन र सुधनविरुद्ध देशव्यापीरुपमा जाहेरी दिने निर्णय गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा साह र गुरुङमाथि युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप लगाइएको छ ।

निजहरुले देशका राष्ट्रिय सम्पदाहरु, भवन संरचनाहरु तथा सरकारी कार्यालयका सामान र कागजातहरु लुटपाट गरी चलअचल सम्पत्ति नष्ट गरेको र र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनि मानिसहरुलाई उक्साएको दावी गरिएको छ ।

संगठनको निर्णयअनुसार काठमाडौं र ललितपुरमा जाहेरी दिए जाहेरी दर्ता भने भएको छैन । प्रहरीले सरकारी वकिल कार्यालयसँग सल्लाह गरेर निर्णय लिने बताएका थिए । यसअघि पनि यस्तै प्रकृतिका जाहेरी आएको हुँदा सबैलाई एउटै कारवाही प्रक्रियामा लगिने प्रहरीको भनाइ थियो ।

नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने चेतावनी दिएर आएको बिष्टले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org