बढ्दै पाक-अफगान तनाव : सिमानामा ५८ सैनिक मारिएको दाबी
अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ ।
यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ ।
तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेको र यसमा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन् ।
उनका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही हो । यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ ।
अफगान राज्य सञ्चालित मिडियाले पनि एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा ठूलो सङ्घर्ष भएको जनाएको छ । तर इस्लामाबादले भने घटनाबारे तत्काल कुनै पुष्टि गरेको छैन ।
तालिबान सरकारको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा ‘जवाबी र सफल अपरेसन’ सञ्चालन गरेको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि विपक्षी पक्षले पुनः अफगानिस्तानको क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने प्रयास गर्यो भने, हाम्रा सशस्त्र सेनाहरू सिमानाको रक्षा गर्न पूर्ण रूपमा तयार छन् र कडा जवाफ दिनेछन् ।’
राज्य सञ्चालित मिडिया आरटिएका अनुसार ‘प्रतिशोधात्मक अपरेसन’ अन्तर्गत अफगान सेनाले तीनवटा पाकिस्तानी सैन्य चौकीहरू कब्जा गरेको र दक्षिणी हेलमन्ड प्रान्तको सीमाक्षेत्रमा १५ जना पाकिस्तानी सैनिक मारिएका छन् ।
यस घटनापछि दुई देशबीचको प्रमुख व्यापारिक नाका तोरखाम आइतबार बिहान ८ बजे खुल्नुपर्ने समयमा पनि बन्द रहेको बताइएको छ ।
पाकिस्तानले अफगान सरकारमाथि प्रतिबन्धित समूह तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरूलाई आफ्नो भूमिमा शरण दिएको आरोप लगाउँदै आएको छ ।
पाकिस्तानको दाबी अनुसार सो समूहले पाकिस्तानी भूभागमा घातक आक्रमणहरू गर्दै आएको छ । तर काबुलले आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग गर्न नदिने अडान लिँदै उक्त आरोप अस्वीकार गरेको छ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार राति भएको आक्रमणको कडा निन्दा गर्दै आफ्नो देशको सेनाले ‘अफगानिस्तानको उक्साहटको उचित जवाफ मात्र नदिई, उनीहरूको धेरै चौकीहरू पनि नष्ट गरी पछि हट्न बाध्य पारेको’ दाबी गरे ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार रातिको गोलीबारीप्रति कडा आपत्ति जनाउँदै भनेका छन्, ‘यस प्रकारको उक्साहटपूर्ण गतिविधिलाई भारतजस्तै उपयुक्त जवाफ दिइनेछ ।’ उनले यस सन्दर्भमा यो वर्षको सुरुमा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच युद्धको नजिक पुगेको सङ्कटलाई स्मरण गरेका थिए ।
कतारको विदेश मन्त्रालयले सीमा क्षेत्रमा बढ्दै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय सुरक्षा र स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । कतारले दुवै देशलाई ‘संवाद, कूटनीति र संयम’ अपनाउन आग्रह गरेको छ ।
एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले नाम नखुलाउने सर्तमा मिडियासँग कुरा गर्दै अफगान सेनाले चित्राल, बाजौर, मोहमण्ड, अङ्गुर अड्डा र कुर्रमसहित खैबर पख्तुनख्वा प्रान्तका उत्तरपश्चिमी सीमाक्षेत्रहरूमा गोली प्रहार गरेको जानकारी दिए ।
उनका अनुसार पाकिस्तानी सेनाले पनि खैबर जिल्लाको तिराह क्षेत्रमा र अफगानिस्तानको नङ्गरहार प्रान्ततर्फ भारी हतियार प्रयोग गरेर प्रत्युत्तर दिएको थियो ।
अर्का पाकिस्तानी अधिकारीले कुर्रम जिल्लाको टिरी गाउँमा अफगान पक्षबाट प्रक्षेपण गरिएको मोर्टार शेल खस्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको र अर्को व्यक्ति घाइते भएको बताए ।
दुवै देशले दुई हजार ६११ किलोमिटर (एक हजार ६२२ माइल) लामो डुरान्ड रेखा साझा गर्छन्, तर अफगानिस्तानले आजसम्म यस सीमालाई औपचारिक रूपमा मान्यता दिएको छैन ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












