ताजा समाचार

ओलीले आज पत्रकार भेटघाट गर्दै !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् ।

जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ ।

यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।

ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत गरेका थिए । जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी रोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org