ट्रम्प–पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको र त्यसमा दुई जना बालबालिका रहेका बताउनुभएको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा साना बालबालिका पढ्ने किन्डरगार्टेनमा आक्रमण भएको र किएभमा पनि ब्यापक क्षति भएको जेलेन्स्कीले बताउनुभएको छ ।
आक्रमण अघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनसँग बुडापेस्टमा हुन लागेको शिखर बैठकको योजना स्थगित भएको बताउनुभएको थियो । क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मितिमा सहमति हुन बाँकी रहेको र तयारीको थप आवश्यकता रहेको बताएका बीबीसीले जनाएको छ ।
गएको शुक्रवार ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच वार्ता भएको थियो । अमेरिकी राष्ट्रपतीको कार्यालय ह्वाइट हाउसले ट्रम्प र पुटिनबीच निकट भविष्यमा अब कुनै बैठकको योजना नरहेको समेत जनाएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












