ताजा समाचार

जेनजी प्रतिनिधि, राजनीतिक दल र सरकारबीच आज त्रिपक्षीय वार्ता

काठमाडौं । आगामी निर्वाचनका तयारीलाई सहज बनाउन सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा वार्ता आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार वार्तामा विभिन्न ८ देखि ९ समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका नेताहरू र मन्त्रीहरू सहभागी हुनेछन् । बैठकमा निर्वाचन अनुकूल वातावरण सिर्जना गर्न सबै पक्षले वहन गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org