क्यानका महानिर्देशक पद दुरुपयोगमा लिप्त, पूर्वप्रधानन्यायाधीश बोकेर किन उडे सोलु ?
काठमाडाैं । अन्यथा त सोच्नु हुन्न तर सोच्नै पर्ने परिस्थिति सिर्जना गरिएको छ कोही पदाधिकारी चाहिदोभन्दा बढी बाठो बन्दा । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पद,जिम्मेवारी र दायित्व वहन गर्नुको सट्टा पटकपटक चरम अख्तियार दुरुपयोग गरेको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भइरहेको तीव्र अनुसन्धानपछिको सम्भावित मुद्दाबाट जोगिन उनले गरेका अनेक हर्कतमध्ये एउटाले नागरिक उड्डयनको अन्तर्राष्ट्रिय मान्यता र नेपाली कानुनलाई समेत धोती लगाइदिएको प्रमाण फेला परेको छ ।
गत असोज २३ गते भक्तपुरको नलिञ्चोकस्थित ग्राउण्डबाट सोलुखुम्बुको लुक्ला पुगेर भोलिपल्ट मात्र फर्केको फिसटेल एअरको हेलिकोप्टर चार्टर उडानमा सवार चार जना यात्रुमध्ये तीन जनाको नाम र विवरण ‘प्यासेञ्जर एण्ड कार्गो म्यानिफेस्ट’ मा चलाखीपूर्वक उडाएको पाइएको छ । जबकी ९ अक्टोबर, २०२५ का दिन उडाइएको ९ एन–एजेक्यु हेलिकोप्टरमा चालक दलबाहेक चार जना यात्रु थिए ।
अधिकारीले लुक्लाको होटलमा सर्वोच्च अदालतका एक जना भूतपूर्व प्रधानन्यायाधीशसँग गोप्य वार्ता गर्न प्रयोग गरेको हेलिकोप्टर उड्नुअघि उडानसँग सम्बन्धित कुनै पनि प्रक्रिया र मापदण्ड पूरा नगरेको प्रमाणबारे चर्चा चलेपछि उनले आफू मात्र त्यता गएको रेडिमेड ‘प्यासेञ्जर एण्ड कार्गो म्यानिफेस्ट’ देखाएका छन् । जबकी उक्त उडानमा अधिकारीसँगै सर्वोच्चका एकजना पूर्व प्रधान न्यायाधीश पनि थिए ।
यात्रुको विवरण गुपचुप राखेर हेलिकोप्टर उडाइएको उक्त घटनाले सार्वजनिक सुरक्षा,आर्थिक हित र कानूनी व्यवस्था सबैमा गम्भीर असर पुगेको भन्दै उजुरी परेको छ । सो घटनाले नियमनकारी निकायको उच्च पदमा बहालरत सरकारी अधिकारीको उद्देश्य थप शक्ति दुरुपयोग र भ्रष्टाचार गर्नु मात्रै त हैन ? भन्ने भान पर्न गएको छ ।
लुक्लामा निजी स्वार्थका लागि गरिएको गोप्य बैठकपछि भोलिपल्ट अपरान्ह हेलिकोप्टर राजधानी फर्केको थियो । यात्रुको विवरण सार्वजनिक नगरी गोप्य तवरले हवाई उडान गरिएको सम्बन्धमा फिसटेल एअरको कार्यालय, सुविधानगरमा सम्पर्क गर्दा नाम उल्लेख नगर्ने शर्तमा जनआस्थालाई एकजना व्यवस्थापकले भनेका थिए, ‘त्यो दिन हेलिकोप्टर लुक्ला उडेको हो । तपाइँले भनेका यात्रुको विवरण क्यानबाट स्वीकृत गराएका छौं । आवश्यक पर्यो भने त्यहीँबाट लिन सक्नुहुन्छ ।’
उडानमा गरिएको उक्त लापरबाहीले मूलतः नागरिक सुरक्षा,सार्वजनिक सुरक्षाको प्रक्रिया, र विमानस्थल नियमको उल्लंघन गरेको नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको ठहर छ । अरु सबै यात्रुको विवरण सम्बन्धित फाँटबाट स्वीकृत हुने गरेको तर असोज २३ गते फिसटेलको लुक्ला–काठमाडौं–लुक्ला उडानको विवरण अधिकारीले नै गोप्य राखेको खबर भाइरल भएपछि अधिकारीले आफूमात्रै लुक्ला गएको दाबी गर्दै उक्त कागजात सार्वजनिक गरेका हुन् ।
अधिकारीको उक्त कार्यले नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ६१(च) को उल्लंघन गरेको दाबी छ । यसरी उडानको प्यासेञ्जर म्यानिफेस्टो गोप्य राखेका कारण प्राधिकरण यात्रु सेवा शुल्क उठाउनबाट वञ्चित रहेको अवस्था छ ।
स्रोत भन्छ, ‘उडान नियमको पालना नगरिनु, गोप्य बैठकको लागि उडान प्रयोग हुनु र कुनै आपतकालीन उद्धारमा हेलिकोप्टर गएको नहुनुले यसबाट सार्वजनिक सुरक्षा जोखिम बढाएको छ । यो कार्य स्पष्ट शक्ति दुरुपयोग हो, जसमा सरकारी पदको दुरुपयोग गरी निजी लाभ र अरूको कानूनी अधिकारलाई बेवास्ता गरिएको छ।’
सिभिल एभिएसन सिकागो कन्भेन्सनको आर्टिकल २९ मा कुनै पनि उडानको क्रममा विमानका चालकले बोक्नुपर्ने सात बुँदा लेखिएको छ । दर्ता प्रमाणपत्र,हवाई योग्यता प्रमाणपत्र, चालकदलका प्रत्येक सदस्यको प्रमाणपत्र, यात्रा दैनिकी, विमानमा रेडियो उपकरण जडान गरिएको छ भने रेडियो स्टेशन इजाजतपत्र, विमानले यात्रुहरू बोकेको छ भने तिनको नाम, चढ्ने स्थान,गन्तव्यस्थान र विमानले कार्गो बोकेको छ भने, त्यसको सूची र विस्तृत विवरण चालक दलका सदस्यको साथमा हुनुपर्ने छ ।
यता नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ६१(च) मा पनि प्रत्येक उडानमा यात्रुको प्रमाणित विवरण अनिवार्य राख्नुपर्ने व्यवस्था छ । तर त्यस दिनको गोप्य हवाई यात्रामा उक्त नियम उल्लङ्घन भएको छ । आयोगसमक्ष अनुरोध गर्दै लेखिएको छ, ‘उक्त हवाई यात्रामा संलग्न सबै व्यक्तिको गतिविधि तत्काल अनुसन्धान गरियोस् । त्यसबाट प्राधिकरणलाई परेको आर्थिक हानी,सुरक्षा जोखिम र नियम उल्लङ्घनको छानबिन गरियोस् ।’
हवाई सेवा विशेषज्ञहरुका अनुसार उक्त दिन सो हेलिकोप्टर कथमकदाचित दुर्घटनामा परेको भए त्यसमा रहेका अधिकारी बाहेक अरु कसैको पनि गणना हुने थिएन । यस्तो कार्य स्थलमार्ग गुड्ने सार्वजनिक बस,रेलमा त हुँदैन भने आकाशमा उड्ने हेलिकोप्टरमा गरिनु लापरबाहीको हद भएको उनीहरुको ठोकुवा छ ।
अधिकारीले यस्तो जोखिम किन मोलेका होलान् ? जनआस्थाको जिज्ञासामा नागरिक उड्डयनको उच्च स्रोत भन्छ :
अधिकारीले ती पूर्व प्रधानन्यायाधीशकका छोराको कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलमा समेत सूचना प्रविधिका थुप्रै काम दिएर खुशी बनाएका छन् । नयाँ परिस्थितिमा गणपतिलाल श्रेष्ठलाई पर्यटनमन्त्री बनाएर काम फत्ते गराउन खोजिएको उनको पछिल्लो दाउले पनि हावा खाएको छ । गणपतिलालले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनको सट्टा भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिन लागिएकाले मन्त्री नबनेको स्पष्टिकरण दिइसकेका छन् ।
- जनआस्थाबाट साभार
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












