ताजा समाचार

भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन

रुपन्देही ।  भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको विद्युत कटौतीको विरोधमा  बोल्दाबोल्दै गाैतमकाे  निधन भएकाे जनाइएकाे छ ।

गाैतम भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधन गर्दै थिए । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनलाई डाक्टर मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले सञ्चारमाध्यमलाइ जानकारी दिएका छन् ।

गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बताउँदै बताउँदै उनको बोली लरबरिएको थियो । ‘अतः यो कारणले’ भन्दै गर्दा उनी ढले । उनी ढलेलगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पुर्‍याइएको थियो ।

अहिले अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधि रहेका छन् । उनलाई गाडीमा राखेर अस्पताल पुराएका उद्योगी बोहोराले १२ मिनेटमा अस्पताल पुराएपनि बचाउन नसकेको जनाए । ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । बुटवलको लक्ष्मीनगरमा स्थायी बसोबास भएका उनी दुई दिन अघि काठमाडौंबाट आएर यो आन्दोलनको अगुवाइ गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org