ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ । मलेशिया, जापान र दक्षिण कोरियामा उहाँले व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत पाएको बीबीसीले उल्लेख गरेको छ ।
जापानले पाँच सय ५० अर्ब डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्यो भने दक्षिण कोरियाले उच्च राष्ट्रिय पदक र ‘पिसमेकर’ सम्मान प्रदान गर्यो । भ्रमणको मुख्य क्षण अन्तिम दिन हिजो चीनका राष्ट्रपति सी जिङ पिङसँगको बैठक रह्यो । भेटमा दुबै नेताले व्यापार तनाव कम गर्न सहमति जनाएका छन् ।
अमेरिकाले केही करको दर घटाएको छ भने चीनले अमेरिकी कृषि र ऊर्जाजन्य वस्तु खरिद पुनः शुरु गर्ने वाचा गरेको छ । विश्लेषकहरुका अनुसार, ठूला उपलब्धि नभए पनि, दुवै देशबीच सम्बन्ध सुधारउन्मुख रहेको खबरमा उल्लेख छ । ट्रम्पले यात्रालाई ‘अद्भुत’ भन्दै फर्किए पनि विश्लेषकहरूले यस भ्रमणले अमेरिकाको नभई ट्रम्पको मात्रै व्यक्तिगत प्रभाव देखाएको बताएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












