‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ । यही कार्तिक २२ गते शनिबार आयोजित साधारणसभाको अवसरमा निर्वाचन समितिले कार्की पुनः अध्यक्षमा सर्वसम्मतरुपमा निर्वाचित हुनु भएको घोषणा गरेको हो । साधारणसभाले निर्वाचनमार्फत ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । योभन्दा अगाडि ९ सदस्यीय कार्यसमिति रहेको थियो ।
नयाँ कार्यसमितिमा चयन भएका चारजना पदाधिकारीहरुमा उपाध्यक्षमा अञ्जुश्री श्रेष्ठ, सचिवमा केदार गिरी र कोषाध्यक्षमा सरस्वती ढकाल चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा मैया निरौला घिमिरे, मिना दाहाल, दिर्घलक्ष्मी श्रेष्ठ, विनय तिवारी, टेकबहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ र कुश कार्की क्षेत्री चयन हुनु भएको छ । पछिल्लो नियमअनुृसार कार्यसमितिमा तीनजना महिलासहित बढीमा ७ जना सदस्य चयन गर्ने व्यवस्था गरिएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा भएको साधारणसभाको अवसरमा सम्झना टोल विकास संस्थाका अध्यक्ष केदार कार्कीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समग्र विकास निर्माण कार्यहरुमा टोलवासीलाई सहज सहभागिता गराउन तत्कालिन विराटनगर उपमहानगरपालिकाबाट विधिवत व्यवस्था भए अनुरुप २०५७ साल श्रावण २१ गतेबाट यस संझना टोल संगठनको रुपमा गठन भई हालसम्म नियमित रुपमा संचालन भई आएको प्रष्ट पार्नु भयो । अध्यक्ष कार्कीले संस्था गठन भएको २५ औं वर्षसम्म आफ्नो नेतृत्वलाई विश्वास गरी जिम्मेवारी दिँदै आएका सम्पूर्ण टोलवासीलाई रचनात्मक सहयोग सहभागिताको लागि आभार प्रकट गर्नुभयो । केही पूर्वाधार सामाजिक संरचनाहरु हामीले प्राप्त गरे पनि अधुरा कार्यहरु र दिगोपन दिन अझ थुप्रै जिम्मेवारी हामी संग बाँकी नै छ । यस्तै भावी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष कार्कीले अधुरा नाला निर्माण, खानेपानी पाईप विस्तार, सडक पिच गर्ने काम, खुल्ला नालामा स्ल्याव राख्ने कार्य, छाडा चौपाया नियन्त्रण, टोल सरसफाई, हरित टोल निर्माण गर्न वृक्षारोपण गर्ने, लगाईएको विरुवा संरक्षण गर्दै सडक टोल सौन्दर्यीकरण गर्नका लागि बुँदागतरुपमा विभिन्न भावी योजना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा टोेल विकास संस्थाका उपाध्यक्ष यामुन मेहत्ताले विनिमय र संस्थाको विधानसहित अक्षयकोष विनियम प्रस्तुत गर्नुभयो । आन्तरिक लेखा परीक्षक चेतबहादुर बस्नेतले सल्लाह–सुझावसहित वासलात, आम्दानी र खर्च विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। यसैगरी जानकीपथ सम्झना टोल विकास संस्थाका संयोजक एवम् युवा परिचालन समितिका संयोजक विनय तिवारीले जानकी पथमा रोपिएका बोटविरुवामा छाँटकाँट गर्न, रंगरोगन गर्न, चोकचोकमा बोर्डहरु राख्न र जानकी चोकमा सम्झना टोलको सामाजिक नक्सा बनाउने जिम्मेवारी दिएकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबीच साधारणसभा उद्घाटनसत्रका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो । विभिन्न सञ्चारमाध्यमहरुमार्फत सम्झना टोल विकास संस्थाका गतिविधिहरु, वर्तमान समयमा टोल विकास संस्थाहरुको महत्व, विकास गतिविधि, सामाजिक विकृति तथा विसंगतिविरुद्ध सशक्तरुपमा समाचार सम्प्रेषण गर्दै सामाजिक उत्थान एवम् जनचेतना फैलाउने कार्य गरेकामा पत्रकार केशव भट्टराई सम्मान गरियो । उहाँलाई ११ हजार १ सय ११ रुपियाँ नगद र सम्मानपत्रसहित दोषल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरी जनप्रिय मार्गका असल वचतकर्ता ७१ वर्षिय रामकुमार श्रेष्ठ, ऋचापथकी असल ऋणी ८३ वर्षिया भगमाया गिरी र विरुवा संरक्षण, सरसफाई आदि कार्यमा महत्वपूर्ण योगदान दिने जानकी पथका ८२ वर्षिय हेमराज बस्नेतलाई नगद र प्रमाणपत्रसहित सम्मान गरियो । त्यसैगरी वृक्षारोपण र सडक विकास निर्माणमा प्रभावकारी योगदान दिएको भन्दै सिद्धीमार्ग विकास संस्थाका अध्यक्ष तिलक थापालाई नगद ५ हजार ५ सय ५५ र सम्मानपत्र सहित सम्मान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले संस्थाका अध्यक्ष कार्की र उहाँको सम्पूर्ण टीमले सम्झना टोललाई नमुना बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । वडा कार्यालय तथा महानगरपालिकालाई टोल विकासले विकासका काममा घच्घचाइ रहेको र आगामी दिनमा पनि सल्लाहसुझाव, साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

बौद्धिक एवम् सामाजिक व्यक्तित्व तारानाथ निरौलाले सम्झना टोल विकास संस्थामा अझ बढी जिम्मेवारी थपिएको बताउनु भयो । यस टोल विकासमा भएको परिवर्तन, आगामी दिनमा सिंगो नगरमा महानगरपालिकाले टोल विकासका अबका दिनमा खेल्नु पर्ने भूमिका, विश्व परिवेशबाट टोल विकास संस्थाहरुको उदय, जेन्जी आन्दोलनको सार्थकता लगायतका विषयमा चर्चा गर्नु भयो ।
उपभोक्ताकर्मी तथा समाजसेवी शान्ता कट्टेल अधिकारी, तेजस्वी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी चुँडाल, निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, त्रिमूर्ति टोल विकास संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराई, वडा संयुक्त टोल विकास संस्थाका सचिव रामकुमार यादव, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मेघराज श्रेष्ठ, सगरमाथा टेक्निकल इन्स्टिच्यूटका प्रमुख बालकृष्ण मण्डल, सिद्धीमार्ग विकास समितिका अध्यक्ष तिलक थापा, वडा सदस्य राम भट्टराई र पत्रकार केशव भट्टराईले सम्झना टोल विकास संस्थाले गरेका काम र अब गर्नुपर्ने कामको चर्चा गर्दै आगामी सफल नेतृत्वको लागि शुभकामना व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











