‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उनले २४ भदौको घटना बुझेर राजनीतिलाई राम्रोसँग सञ्चालन गरेर चुनावमा नगए व्यवस्था नहरने खतरा औंल्याएका हुन्।
‘भदौ २४ गतेलाई बुझेनांै र राजनीतिलाई राम्रोसँग सञ्चालन गरेनौं र चुनावमा गएनौं भने व्यवस्था नै रहँदैन,’ बैठकमा नेता निधिले राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले एक सञ्चारमाध्यमसँग भने ।
उनका अनुसार नेता निधिले २४ भदौको घटनालाई दर्दनाक र शर्मनाक राजनीतिक घटना भनेका छन्। निधिले देश र लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण भएको पनि बताए।
२३ भदौ बेलुकी बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा आफूले सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सरकारबाट बाहिरिने कुरा गर्न आग्रह गरेको पनि स्मरण गरे।
निधिले बूढानीलकण्ठ बैठकमा राजनीतिक निकासका लागि सर्वदलीय सरकारको छलफल सुरू गर्न पनि सुझाएको बताए। उनले प्रतिनिधिसभा निर्वाचन पछि कांग्रेसको महाधिवेशन हुनुपर्ने बताए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











