ताजा समाचार

भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति

काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ ।

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुनेछन् ।

सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने निर्णय गरेका छन् । महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org