अविनाश बोहराकाे समर्थकहरू माझ अनाैठाे आग्रह !
काठमाडौं । मंसिर १ गते सोमबारबाट काठमाडौंको त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने दोस्रो संकरणको नेपाल प्रिमियर लिगको ब्यग्र प्रतिक्षामा क्रिकेट समर्थकहरु रहेका छन् ।
नेपाल क्रिकेट संघ क्यानको भव्य तयारीमा भोलीबाट सुरु हुने प्रतियोगीताको उद्दाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गार्खाजबिच हुँदैछ । साे खेलकाे टिकट बिक्रिमा राेचकता देखिएकाे छ । क्यानले बताए अनुसार टिकट बुकिङ खुल्ला भएकाे २४ घण्टा नबित्दै सबै टिकट शाेल्ड अाउट भएकाे छ ।
समर्थकहरुको अपार माया र साथ पाएको नेपाली क्रिटेटले पहिलो पटक आफ्नै मैदानमा फ्लड लाइटको सुविधामा डे–नाईट क्रिकेट आयोजना गर्न लागिएको हो । लामो प्रतिक्षा पछि भव्य रंगशालामा डे–नाइट क्रिकेटको मज्जा लिन पाउँने भएपछि नेपाली समर्थकहरु उत्साहित बनेका छन् ।
त्यस्तै, प्रतियोगितामा नेपाल सहित विश्वभरिका चर्चित क्रिकेटरहरुको सहभागिताले प्रतियोगिताको गौरवलाई उच्च बनाउनुका साथै खेलहरू प्रतिस्पर्धात्मक बन्ने छन् । आठ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको यस प्रतियोगितालाई विश्वभरिबाट नै उत्साहका साथ हेरिने विश्वास आयोजक क्यानले लिएको छ ।
त्यस्तै, नेपाली क्रिकेटर अविनास बोहोराले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस सार्वजनिक गर्दै क्रिकेट समर्थकहरु सामु एक सन्देश जारी गरेका छन् । उनले प्रतियोगिताको टिकट, पासका लागि आफुलाई सम्पर्क नगर्न आग्रह गरेका हुन् । उनले शनिबार सार्वजनिक गरेको सन्देशमा भनिएको छ ‘कृपया टिकट, पासका लागि मलाई सम्पर्क नगर्नु होला। KHALTI by IMEPay नेपाल प्रिमियर लिगको टिकटिङ पार्टनर छ त्या गएर काट्नु होला है ‘
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












