ताजा समाचार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने !

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र प्रशाद गौतमाले जानकारी दिएका छन् ।

गौतमका अनुसार, तीन दिनका लागि हल बुकसम्बन्धी सम्झौता भइसकेको गौमले जानकारी दिए । यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन पछि काठमाडौंमा गर्ने निर्णय गरिएको थियो ।

एमालेको महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org