अमेरिकामा पशुपतिनाथको मन्दिर निर्माण विवादमा, आर्थिक हिनामिनाको आरोप !
काठमाडाैं । नेपाली समूदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथको मन्दिरमा आर्थिक हिनामिना गरेको आरोप लागेपछि विवाद सिर्जना भएको छ ।
पशुपतिनाथको मन्दिर निर्माणमा तत्कालीन अध्यक्ष भोजराज भट्ट, महासचिव विदुर खतिवडा, संयोजक गेहेन्द्र केसी, उपसंयोजक देवराज न्यौपाने लगायतले मनोमानी गरेको ट्रस्टिहरु महेश रेग्मी, सीपी पौडेल, उद्धव खनाल, बोधराज घिमीरे, कृष्ण जिसी, प्रदिप चौलागाई लगायत ३ दर्जन बढी ट्रस्टिहरुको आरोप छ ।
नेपाली समूदायले आर्थिक हिनामिनाको आरोप लगाउदै सामाजिक सञ्जालबाटै विवाद तन्काएका हुन् । विवाद सतहमा आएपछि पारदर्शीता खोज्नेहरुलाई सामाजिक सञ्जालमा नै ब्लक गर्न थालिएको आरोप समेत लगाइएको छ ।
अस्टिनबासी नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाजको अथक प्रयास र सहयोगमा मन्दिर निर्माण गरिए पनि मन्दिर निर्माणको क्रममा आर्थिक हिनामीना भएको आरोप लागेको छ । ग्रेटर अस्टिन नेपाली समाजका कार्य समितिका पदाधिकारी र सञ्चालक समितिका पदाधिकारीहरुनै अहिले मन्दिर निर्माणमा अनियमिताको बिषयले आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
पशुपति नाथ मन्दिर निर्माणको लागि मूर्ति, गजुर, काठ, ईटा, आँखी झ्याल, नन्दी लगायतका सामग्रीहरु नेपालबाट लगेर जडान गरिएको हो । तर मन्दिरका लागि आवश्यक निर्माण सामाग्री खरिदमा व्यापक आर्थिक हिनामीना भएको भन्दै असन्तुष्टिका आवाजहरु सुनिन थालेका हुन ।
मन्दिर बनाउने क्रममा बोलपत्र नगराई ग्यान्सका पदाकारिकहरुले मनलाग्दी गरेको र मन्दिर छिटो र राम्रो बनाउने वाचा गरी काम शुरु गर्न लागेका इन्जिनियर र कन्ट्रक्सन कम्पनीहरु सबैलाई हटाइएको आरोप छ । सबै ट्रस्टिहरुको विचार अनि सुझावहरु अन्देखा गर्दै ट्रस्टि ( चन्दादाता ) हरु लाइ नै धम्की दिन थालिएको छ । आफैले आर्थिक सहयोग जुटाएर ट्रस्टि चन्दादाताले बनाएको “हल“ स्वयम् चन्दादाताहरुलाई आवश्यक पर्दा प्रयोग गर्न नदिएको गुनासो पनि छ।
करिब आठ लाख डलरको लागतमा मन्दिरको संरचना बनाइएको भनिएपनि संरचनालाई देख्दा त्यसको लागतमा प्रश्न उठाउनु पर्ने अवस्था रहेको मन्दिरका ट्रस्टिहरु बताउँछन् ।
अस्टिनबासी नेपाली समुदायको अथक प्रयास र सहयोगबाट पशुपतिनाथ मन्दिर निर्माण भएका हो । नेपाली समुदायद्वारा स्थापित भगवान श्री पशुपतिनाथको मन्दिरहरु मध्ये ग्रेटर अस्टिनमा बनेको मन्दिर निकै भव्य र नेपालकै पशुपतिनाथ शैलीको मन्दिर संभवत अमेरिकामा नै पहिलो हो।
पशुपतिनाथ मन्दिर निर्माणले नेपाली समुदायलाई भावानात्मक रुपमा एकताबद्ध बनाउने अस्टिनबासी नेपालीहरुको बिश्वास हो थियो । तर अस्टिन बासी नेपाली समुदायलाई घात हुने गरी यसको नेतृत्व लिनेहरुबाटै धोका भएको गुनासो छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











