अमेरिकामा पशुपतिनाथको मन्दिर निर्माण विवादमा, आर्थिक हिनामिनाको आरोप !
काठमाडाैं । नेपाली समूदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथको मन्दिरमा आर्थिक हिनामिना गरेको आरोप लागेपछि विवाद सिर्जना भएको छ ।
पशुपतिनाथको मन्दिर निर्माणमा तत्कालीन अध्यक्ष भोजराज भट्ट, महासचिव विदुर खतिवडा, संयोजक गेहेन्द्र केसी, उपसंयोजक देवराज न्यौपाने लगायतले मनोमानी गरेको ट्रस्टिहरु महेश रेग्मी, सीपी पौडेल, उद्धव खनाल, बोधराज घिमीरे, कृष्ण जिसी, प्रदिप चौलागाई लगायत ३ दर्जन बढी ट्रस्टिहरुको आरोप छ ।
नेपाली समूदायले आर्थिक हिनामिनाको आरोप लगाउदै सामाजिक सञ्जालबाटै विवाद तन्काएका हुन् । विवाद सतहमा आएपछि पारदर्शीता खोज्नेहरुलाई सामाजिक सञ्जालमा नै ब्लक गर्न थालिएको आरोप समेत लगाइएको छ ।
अस्टिनबासी नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाजको अथक प्रयास र सहयोगमा मन्दिर निर्माण गरिए पनि मन्दिर निर्माणको क्रममा आर्थिक हिनामीना भएको आरोप लागेको छ । ग्रेटर अस्टिन नेपाली समाजका कार्य समितिका पदाधिकारी र सञ्चालक समितिका पदाधिकारीहरुनै अहिले मन्दिर निर्माणमा अनियमिताको बिषयले आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
पशुपति नाथ मन्दिर निर्माणको लागि मूर्ति, गजुर, काठ, ईटा, आँखी झ्याल, नन्दी लगायतका सामग्रीहरु नेपालबाट लगेर जडान गरिएको हो । तर मन्दिरका लागि आवश्यक निर्माण सामाग्री खरिदमा व्यापक आर्थिक हिनामीना भएको भन्दै असन्तुष्टिका आवाजहरु सुनिन थालेका हुन ।
मन्दिर बनाउने क्रममा बोलपत्र नगराई ग्यान्सका पदाकारिकहरुले मनलाग्दी गरेको र मन्दिर छिटो र राम्रो बनाउने वाचा गरी काम शुरु गर्न लागेका इन्जिनियर र कन्ट्रक्सन कम्पनीहरु सबैलाई हटाइएको आरोप छ । सबै ट्रस्टिहरुको विचार अनि सुझावहरु अन्देखा गर्दै ट्रस्टि ( चन्दादाता ) हरु लाइ नै धम्की दिन थालिएको छ । आफैले आर्थिक सहयोग जुटाएर ट्रस्टि चन्दादाताले बनाएको “हल“ स्वयम् चन्दादाताहरुलाई आवश्यक पर्दा प्रयोग गर्न नदिएको गुनासो पनि छ।
करिब आठ लाख डलरको लागतमा मन्दिरको संरचना बनाइएको भनिएपनि संरचनालाई देख्दा त्यसको लागतमा प्रश्न उठाउनु पर्ने अवस्था रहेको मन्दिरका ट्रस्टिहरु बताउँछन् ।
अस्टिनबासी नेपाली समुदायको अथक प्रयास र सहयोगबाट पशुपतिनाथ मन्दिर निर्माण भएका हो । नेपाली समुदायद्वारा स्थापित भगवान श्री पशुपतिनाथको मन्दिरहरु मध्ये ग्रेटर अस्टिनमा बनेको मन्दिर निकै भव्य र नेपालकै पशुपतिनाथ शैलीको मन्दिर संभवत अमेरिकामा नै पहिलो हो।
पशुपतिनाथ मन्दिर निर्माणले नेपाली समुदायलाई भावानात्मक रुपमा एकताबद्ध बनाउने अस्टिनबासी नेपालीहरुको बिश्वास हो थियो । तर अस्टिन बासी नेपाली समुदायलाई घात हुने गरी यसको नेतृत्व लिनेहरुबाटै धोका भएको गुनासो छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...











