ताजा समाचार

भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

ओपनिङ ब्याटर प्रियांकले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९० रनको शानदार पारि खेले । त्यस्तै, अर्का ओपनर म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ८.५ ओभरमा ६१ रनको साझेदारी गर्दै टोलिलाई बलियो ओपनिङ साझेदारि दिलाए । म्याक्सले ३० बलमा २० रन जोड्न सके।

त्यसपछि पाञ्चलले दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए। वाटले सोहेल तन्विरको बलमा क्याच हुनुअघि २१ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाउन सके। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। ३ मध्ये २ छक्का पवनले १९औं ओभरको अन्तिम २ बलमा चितवनका सोहेल तन्विरलाई प्रहार गरे।

त्यस्तै, बलिङ तर्फ भने चितवनका बोपारा, जइब र तन्विरले १–१ विकेट लिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org