ताजा समाचार

एनपिएलः सुदूरपश्चिमले काठमाडौंलाई हरायो, कसले कस्तो खेले ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो ।

काठमाण्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । जोन सिमप्सोन २४, मिलिन्द कुमार ११ र सन्नी पटेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् र बलिङमा सुदूरपश्चिमका स्कट कुइगेलेइन, हेमन्त धामी, र हर्मित सिंहले दुईदुई तथा इसान पाण्डे, अभिनास बोहरा र नरेन साउदले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले २० बलमा ५३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिए । पहिलो ओभरमा २ विकेट लिदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org