ताजा समाचार

प्रधानन्यायाधीशको नेतृत्वमा सर्वोच्चको उच्चस्तरीय टोली भारत जाँदै !

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली दुई दिनपछि भारत भ्रमणमा जाने भएको छ ।

भूषण रामकृष्ण गवाईको अवकाशपछि भारतका नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार भारतको नयाँ दिल्ली जान लागेको हो । प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, मुख्य रजिष्ट्रार विमल पौड्याल लगायतहरू छन् ।

नेपाली भ्रमण टोलीले मंसिर ८ गते भारतको राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रममा भाग लिनेछन् भने मंसिर १० मा सर्वोच्च अदालतमा आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org