११ बुँदे सहमतिसँगै हट्या वन्चरेडाँडामा फोहोर विर्सजनमा अवरोध
काठमाडौं । सरकारले माग पुरा नगरेको जनाउँदै नुवाकोटको वन्चरेडाँडामा फोहोर विर्सजनमा अवरोध भएकोमा दुई दिनमा सहमति भएको छ । सरकार, स्थानीयवासी तथा जनप्रतिनिधिविच विहीवार सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सरकारले पटक/पटक स्थानीयवासीको मागप्रति आश्वासन दिए पनि सहमति नगरेको जनाउँदै स्थानीयवासीले बुधवारदेखि वन्चरेडांडामा फोहोर विसर्जनमा अवरोध पुर्याएका थिए । लगातारको प्रयासपछि वन्चरेडाँडा ल्याण्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय र सरकारबिच सहमति भएको हो ।
मन्त्रालयमा दुई पक्षबीच ११ बुँदे सहमति भएको हो । सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरूले वन्चरेडाँडामा फोहोर विसर्जन गर्न दिन तयार भएका छन् ।
सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासी माथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्ड फिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका छन् । आफूहरुसँग भएको प्रतिबद्धता अनुसार सरकारले काम नगरेको भन्दै बुधवारदेखि फोहोर विसर्जनमा स्थानीयले गरेको अवरोध सहमतिमा टुङ्गिएको छ ।
सरकार र बन्चरेडाँडाबासीविच सहरी विकास मन्त्रालयमा भएको छलफलबाट ११बुँदे सहमति जुटेसँगै फोहोर ढुवानीको अवरोध हटेको हो । वन्चरेडाँडामा दैनिक तीन सय ट्रक फोहोर विसर्जन हुँदै आएको छ ।
सहमतिमा स्थानीयलाई विगतमा चलाइएका मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, महानगरले दुई पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरी ६/६ करोड पुर्याउन तथा आगामी आवमा बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न काठमाडौँ महानगरलाई अनुरोध गर्ने सहमति भएको छ । यस्तै तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माण कार्यलाई चालू आवमा बहु वर्षीय गर्न आवश्यक प्रक्रिया अघि बढाउने लगायतका विषय समावेश छन् ।
काठमाडौँ उपत्यकाको फोहोरका कारण नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका तथा धादिडको धुनीवेशी नगरपालिकाका बासिन्दा प्रभावित हुँदै आएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा दीर्घकालीन विकासका कार्यहरू सरकारले प्रभावकारी रूपमा गर्न नसकेको गुनासो गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











