११ बुँदे सहमतिसँगै हट्या वन्चरेडाँडामा फोहोर विर्सजनमा अवरोध
काठमाडौं । सरकारले माग पुरा नगरेको जनाउँदै नुवाकोटको वन्चरेडाँडामा फोहोर विर्सजनमा अवरोध भएकोमा दुई दिनमा सहमति भएको छ । सरकार, स्थानीयवासी तथा जनप्रतिनिधिविच विहीवार सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सरकारले पटक/पटक स्थानीयवासीको मागप्रति आश्वासन दिए पनि सहमति नगरेको जनाउँदै स्थानीयवासीले बुधवारदेखि वन्चरेडांडामा फोहोर विसर्जनमा अवरोध पुर्याएका थिए । लगातारको प्रयासपछि वन्चरेडाँडा ल्याण्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय र सरकारबिच सहमति भएको हो ।
मन्त्रालयमा दुई पक्षबीच ११ बुँदे सहमति भएको हो । सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरूले वन्चरेडाँडामा फोहोर विसर्जन गर्न दिन तयार भएका छन् ।
सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासी माथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्ड फिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका छन् । आफूहरुसँग भएको प्रतिबद्धता अनुसार सरकारले काम नगरेको भन्दै बुधवारदेखि फोहोर विसर्जनमा स्थानीयले गरेको अवरोध सहमतिमा टुङ्गिएको छ ।
सरकार र बन्चरेडाँडाबासीविच सहरी विकास मन्त्रालयमा भएको छलफलबाट ११बुँदे सहमति जुटेसँगै फोहोर ढुवानीको अवरोध हटेको हो । वन्चरेडाँडामा दैनिक तीन सय ट्रक फोहोर विसर्जन हुँदै आएको छ ।
सहमतिमा स्थानीयलाई विगतमा चलाइएका मुद्दाहरूको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने, महानगरले दुई पालिकालाई दिँदै आएको ३/३ करोड रकमलाई वृद्धि गरी ६/६ करोड पुर्याउन तथा आगामी आवमा बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न काठमाडौँ महानगरलाई अनुरोध गर्ने सहमति भएको छ । यस्तै तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माण कार्यलाई चालू आवमा बहु वर्षीय गर्न आवश्यक प्रक्रिया अघि बढाउने लगायतका विषय समावेश छन् ।
काठमाडौँ उपत्यकाको फोहोरका कारण नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका तथा धादिडको धुनीवेशी नगरपालिकाका बासिन्दा प्रभावित हुँदै आएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा दीर्घकालीन विकासका कार्यहरू सरकारले प्रभावकारी रूपमा गर्न नसकेको गुनासो गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











