काठमाडौं घोषणापत्र जारी गर्दै सकियो ‘नेपाल सम्वाद शिखर सम्मेलन’
काठमाडौं । विभिन्न ४६ संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल सम्वाद शिखर सम्मेलन -२०८२’ काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा गत भदौ २३ र २४ को जेनजी प्रदर्शन पश्चात मुलुकमा न्यायोचित शान्तिका लागि संवाद अपरिहार्य रहेको ठहर गरेको छ ।
‘संवाद असहमतिलाई अवसरमा बदल्ने सिर्जनशील साधन र प्रक्रिया भएको स्पष्ट पार्दै सम्मेलनले राष्ट्रिय समस्याका रूपमा देखिएका विवादित मुद्दाको निकासका लागि साझा आधार’ बन्न सक्ने सम्मेलनको घोषणापत्रमा उल्लेख छ ।
करुणाभाव, समानुभूति, सहिष्णुता, अरूका विचार, दृष्टिकोण वा आग्रह सुन्ने धैर्य र संस्कृतिको सम्मानसहितको संवाद प्रक्रियाबाट नै सत्य र हित पत्ता लगाउँदै अगाडि बढ्न तत्पर हुन द्वन्द्व वा विवादरत सबै पक्षहरूलाई यो सम्मेलनले आग्रह गरेको छ ।
शान्तिका पूर्वाधार, संवाद प्रक्रिया र सहजकर्ताका संयन्त्र तथा भूमिकाका बारेमा राज्यले सम्बोधन गर्ने प्रावधान नभएकोले संवाद र सहजकर्तासँग सम्बन्धित राष्ट्रिय नीति, कानुन र संयन्त्रको व्यवस्थाका लागि आवश्यक कानुनी प्रावधानको तर्जुमा गरी विधायनप्रक्रिया अगाडि बढाउन सम्मेलनले सरकारसँग माग गरेको छ ।
शान्तिस्थापना, सुशासन र नागरिक अधिकारको परिपूर्ति नै सामाजिक सद्भाव र न्यायका अपरिहार्य स्तम्भ भएको मानवअधिकारको सम्मान, संरक्षण र परिपूर्तिसहितको सुशासन कायम गर्दै नागरिकप्रति उत्तरदायी सेवा प्रवाहका लागि सम्मेलनले राज्यका सबै संयन्त्रलाई अपिल गरेको छ ।
सम्मेलनले नेपालको संवाद प्रक्रियालाई सुदृढ बनाउन आवश्यक प्रमुख प्रतिबद्धता समेटिएको औपचारिक घोषणापत्र पारित गर्दै सम्पन्न भएको उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












