ताजा समाचार

एमालेले काठमाडौँमा आज जनप्रदर्शन र जनसभा गर्दै

काठमाडौँ । नेकपा एमालेले आज शनिबार वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्दैछ । जनप्रदर्शनपछि जनसभा पनि आयोजना गरिने भएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा कार्यक्रम हुन लागेको हो । एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ । जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org