ताजा समाचार

पूरानाे पार्टी त्यागेका नेताहरूकाे नयाँ पार्टी घाेषणा !

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

डा।बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती, सन्तोष परियार लगायतका नेताहरूले पार्टीको झण्डा फहराएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको घोषणा गरेका हुन् ।

पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरूले जनाएका छन् ।

पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org