दुर्गा प्रसाईँलाई रिहा गर्न भनिएको सर्वोच्चको आदेशमा के छ ?
काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई गैरकानूनी तरिकाले नियन्त्रणमा लिइएको ठहर गर्दै सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशअनुसार आइतबार साँझ नै प्रसाईँ रिहा भएका छन्।
न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दामा संक्षिप्त आदेश जारी गर्दै प्रसाईँलाई थुनामा राख्नु संविधान र मौलिक अधिकार विपरीत भएको ठहर गरेको हो।
प्रसाईँका छोरा निराजन प्रसाईँले दायर गरेको निवेदनमा पूर्वाग्रही नियतले घरमै आराम गरिरहेको अवस्थामा कुनै सूचना नदिई पक्राउ गरी अवैध रुपमा थुनामा राखिएको उल्लेख गरिएको थियो। अभियानले गर्न लागेको कार्यक्रम विफल पार्ने उद्देश्यले नै पक्राउ गरिएको दाबी पनि गरिएको थियो।
तर अदालतले मिसिल, अनुसन्धान प्रतिवेदन तथा दुवै पक्षको बहसपछि प्रसाईँले केवल शान्तिपूर्ण नागरिक सभा आयोजना गर्ने विषयमा सार्वजनिक जानकारी मात्र दिएको देखिएको उल्लेख गरेको छ। संविधानले प्रदान गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुने अधिकारको प्रयोगमा कुनै गम्भीर खलल पुगेको प्रमाण नदेखिएको अदालतको निष्कर्ष छ।
उनका गतिविधिले राष्ट्रियता, भौगोलिक अखण्डता, जातीय वा धार्मिक सद्भाव र सार्वजनिक शान्तिमा असर पारेको ठोस आधार नपाइएको भन्दै अदालतले थुनालाई असंवैधानिक ठहर गरेको हो। साथै, प्रसाईँबाट अव्यवस्था सिर्जना गर्ने कुनै व्यवहार, हतियार वा निषेधित सामग्री बरामद भएको प्रमाणसमेत नदेखिएको जनाइएको छ।
अदालतले केवल अभिव्यक्तिका आधारमा व्यक्तिलाई थुनामा राख्नु संविधान प्रदत्त अधिकारको दुरुपयोग र स्वेच्छाचारी कदम भएको भन्दै पक्राउ पूर्जी, म्याद थपलगायत सम्पूर्ण अनुसन्धान प्रक्रिया बदर गरेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












