दिपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शन, सुदुरपश्चिमको लगातार तेस्रो जित
काठमाडौं । कप्तान दिपेन्द्रसिंह ऐरीको प्रेरणादायी प्रदर्शनमा सुदुरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम अंकतालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो ।
त्रिवि मैदानमा भएको म्याचमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदुरपश्चिमले ९ विकेट क्षतिमा १३९ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा कर्णाली ९४ रनमै अलआउट भयो । कर्णाली ३ म्याचमा दोस्रो हार व्यहोर्दै अंकतालिकामा छैटौं स्थानमा ओर्लेको छ ।
आजको म्याचमा दुवै टिमका विदेशी ब्याटरहरु खासै चल्न सकेनन् । सुदुरपश्चिमले पहिलो बलमा पहिलो विकेटका रुपमा क्रिस ब्राउनलाई गुमाएको थियो । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरे । ७३ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमलाई छैटौं नम्बरमा आएका कप्तान ऐरीले उद्दार गरेका थिए । उनले २८ बलमा २ छक्का र १ चौकासहित सर्वाधिक ३९ रन बनाए । आरिफ शेखले २५ बलमा २८ रनको योगदान दिए भने क्रिस लिन २० बलमा १८ रन बनाएर आउट भए । कर्णालीका कामीले सर्वाधिक ३ विकेट लिए ।
बलिङतर्फ पनि दिपेन्द्रले सर्वाधिक ४ विकेट लिए । कर्णालीका लागि पवन सर्राफले २५ बलमा सर्वाधिक २७ रन जोडे । कर्णालीका विदेशी ब्याटरहरु फ्लप भएका थिए । अघिल्लो म्याचमा विष्फोटक सतक हानेका मार्क वाट आज १० बलमा १७ रन जोडेर आउट भए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












