ताजा समाचार

फागुन २१ निर्वाचनमा भाग लिन हालसम्म कूल ६८ दल दर्ता !

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलाबारसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताएका छन् । प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १ सय ३२ पुगेको बताए ।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उनले बाँकी सबै राजनीतिक दलहरूलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गरेका छन् ।

प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि जानकारी दिएका छन् । विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि उनले बताए । ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org