तेस्राे पटक टि-२० विश्वकपमा नेपाल, यस्ताे छ खेल तालिका !
काठमाडौं । सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
भारत र श्रीलङ्कामा हुने आइसिसी टी( २० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ ।
नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेतासमेत हुन् ।
नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ ।
यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आइसिसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गरे । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बर्ताए ।
यो सँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












