ताजा समाचार

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै !

काठमाडौं। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । जाडो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै गएर उच्च प्रदुषण हुने गरेको छ ।

काठमाडौँ उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौँ विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।

यस याममा काठमाडौँ उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रस्ट देख्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org