ताजा समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले चौथो जित निकालेको हो ।

प्रतियोगिताका काठमाडौंको यो चौथो जित हो । यो जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाज प्लेअफनजिक पुगेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।

यो हारसँगै कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेल खेलेको कर्णालीले एकमात्र जित निकालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org