रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन भारतीय समयअनुसार विहीबार अपराह्न ४ बजे नयाँदिल्ली पुग्दै छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका रहेको छ ।
नयाँ दिल्लीमा पुटिन २८ घण्टा रहने कार्यतालिका रहेको छ । उनको आगमनलाई लक्षित गरी भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यात्राबारे जानकार सरकारी अधिकारीहरूले शुक्रवार पुटिनलाई औपचारिक स्वागत गर्नेछन् । उनको औपचारिक स्वागतपछि २३ औं भारत–रूस शिखर वार्ता सुरू हुनेछ ।
अधिकारीहरूका अनुसार प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्ने छन् । पुटिन शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पनि जाने समेत कार्यक्रम रहेको छ।
शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारत च्यानलको सुरुवात पनि गर्ने बताइएको छ । तत्पश्चात राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज आयोजना गरेको समारोहमा सहभागी हुने छन् ।
शिखर वार्तामा भारतद्वारा रूसी कच्चा तेलको ठूलो मात्रामा गरिएको खरिदका कारण बढ्दो व्यापार घाटाको मुद्दा उठाउने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यस अघि रूसी राष्ट्रपति पुटिनसन् २०२१ मा नयाँ दिल्ली भ्रमणमा आएका थिए । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदी गत वर्षको जुलाईमा वार्षिक शिखर सम्मेलनका लागि मस्को गएका थिए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











