ताजा समाचार

शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु

काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा पाख्रिन बुधबार राति होटलबाट तल खसेकी थिइन्।

सौराहास्थित होटल पार्क साइडको चौथो तलाबाट करिब राति ११:१५ बजे पाख्रिन खसेपछि तत्कालै रत्ननगरको बकुलहर अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई राति ११:४५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

मृतक पाख्रिन सिन्धुलीकाे गुरुकुल कलेजबाट शैक्षिक भ्रमणमा  चितवन गएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org