राष्ट्रिय जागृति क्लब गछिया गोल्डकपको फाइनलमा प्रवेश
गछिया, मोरङ। अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि राष्ट्रिय जागृति क्लब र गाईघाट युनाइटेड प्रतिस्पर्धा गर्ने भएका छन् । शनिवार सम्पन्न अन्तिम सेमिफाइनलमा इटहरीको राष्ट्रिय जागृतिले आयोजक गछिया युवा समाजलाई १–० गोल अन्तरले पराजित गर्दै गाईघाटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
मोरङको सुन्दरहरैचास्थित गछियाबजार मैदानमा शनिवार सम्पन्न अन्तिम सेमिफाइनलमा जागृतिलाई उपाधि नजिक पुर्याउन नाइजेरियन खेलाडी एलेक्सले निर्णायक गोल गरे । खेलको ३५ औँ मिनेट आयोजकका गोलकिपर मुकेश चौधरीलाई बिट गर्दै उनले आकर्षक गोल गरेका थिए ।
एरोन थापा, पदम भटराई एकराज बुढाथोकीलाई अनुबन्धन गरेर सेमिफाइनल खेलाएको आयोजक टिमको लागि जागृतिका डिफेन्डर बाधक बनेपछि गछिया युवा समाज सेमिफाइनलबाट बाहिरिन पुग्यो । खेलको प्लेयर अफ द म्याच विजयी टिमका खेलाडी एलेक्स घोषित हुनै नगद ५ हजार १ सय रुपैयाँ हात पारे ।
राष्ट्रिय जागृति र गाईघाट बिचको उपाधि भिडन्त सोमबार हुनेछ । गाईघाट यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सहलेस फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ । फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र विधागत उत्कृष्ट हुनेलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












