एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् ।
लिग चरणका खेलमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल विराटनगरसँग हारेको छ । त्यस्तै विराटनगरले ७ खेलमा ५ खेलमा जित हासिल गरेको छ र दुई खेलमा हार बेहोरेको छ । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो ।
दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र स्कट कुगेइलिन, हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपिएल सहभागी छन् । सुदूरपश्चिमबाट खेलिरहेका जोश ब्राउन र क्रिस लीन अब बाँकी खेलमा उपलब्ध हुने छैनन् भने सुदूरपश्चिमले बाँकी खेलका लागि भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तान खेलाडी मुखतार अहमदलाई भित्र्याएको छ ।
त्यस्तै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी छन् ।
Comments
अरु समाचार
-
एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...












