ताजा समाचार

आज चार मन्त्री थपिँदै, शपथ पनि आजै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार)मन्त्रिपरिषद् विस्तार गर्दैछिन् ।

कार्कीले चौंथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन् । उनले चार जना मन्त्री थप्न लागेकी हुन् ।

स्रोतका अनुसार कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागेकी छन् । श्रद्धा नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org