ताजा समाचार

पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ मेस्सीहरू जन्मिने बताएका छन् ।

पार्टीको ११औँ महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अब पार्टीमा नयाँ अनुहार आउनेतर्फ संकेत गर्दै पेलेको जमाना गएको बताए । अबको पेले को हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अब पेलेको जमाना त गइसक्यो नयाँ मेस्सीहरू आइसकेका छन् ।’

‘ओलीले म मेस्सी हो’ भनिसक्नुभएको छ नि’, अर्को प्रश्नमा उनले उत्तर दिए, ‘राष्ट्रिय राजनीतिमा उहाँ जत्तिको सक्षम नेता दक्षिण एसियामै छैनन्, हामीले पनि केपी ओली जत्तिको नेता पाएका छौँ, त्यसमा गर्व गरौँ । भोलिका दिनमा पनि उहाँले यो कम्युनिस्ट आदर्श, मूल्यमान्यता मानेर सिंगो मुलुकको नेता भएर हाम्रो अभिभावक भएर काम गर्नुहुनेछ ।’

उनले अबको मेस्सी कसलाई बनाउने भने कुरा प्रतिनिधिको हातमा भएको बताए ।ईश्वर पोखरेलको प्यानलबाट सचिव पदमा उम्मेदवार दिएका श्रेष्ठले ओलीप्रति बैरभाव नभएको बताउँदै पार्टीको चुनाव जसले जिते पनि पार्टीकै जित हुने प्रतिक्रिया दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org