राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले भने, ‘आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको छ, तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।’
जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।
योगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र तोनिएको छ ।’
त्यसैगरी, आयोगले लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा तोकिएको छ ।
Comments
अरु समाचार
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...












