ताइवानलाई हतियार बिक्री गरेपछि चीनद्वारा अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध
बेइजिङ — ताइवानलाई हतियार बिक्री गरेको आरोप लगाउँदै चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार १० जना व्यक्ति र २० वटा अमेरिकी रक्षा तथा एअरोस्पेस कम्पनीलाई लक्षित गरी प्रतिबन्ध घोषणा गरिएको हो। समाचार संस्था रोयटर्सले यो जानकारी दिएको छ।
प्रतिबन्धको सूचीमा विश्वकै ठूला एअरोस्पेस कम्पनीमध्ये एक बोइङ पनि समावेश रहेको छ। मन्त्रालयका अनुसार प्रतिबन्धमा परेका कम्पनी र व्यक्तिहरूको चीनभित्र रहेका सम्पत्ति रोक्का गरिनेछ भने चिनियाँ संस्था तथा व्यक्तिहरूलाई उनीहरूसँग कुनै पनि प्रकारको व्यापारिक सम्बन्ध राख्न निषेध गरिनेछ।
अमेरिकाले गएको हप्ता ताइवानलाई ११ अर्ब १० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने घोषणा गरेपछि चीनले यो कदम चालेको हो। ताइवानका लागि हालसम्मकै ठूलो अमेरिकी हतियार प्याकेज घोषणा भएपछि चीनमा तीव्र असन्तुष्टि देखिएको छ।
Comments
अरु समाचार
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
काठमाडौं । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ । अर्थ मन्त्रालयका अनुसार...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...












