ट्रम्प र युक्रेनीजेलेन्स्कीबीच भेटवार्ता, सम्झौता लगभग सहमति नजिक
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी ९५ प्रतिशत टुंगिएको दाबी गर्नुभएको छ ।
ट्रम्पका अनुसार अहिलेको प्रगति कायम रहे युद्ध केही हप्तामै अन्त्य हुन सक्ने सम्भावना छ । तर, ट्रम्पले यूक्रेनको जमिनसम्बन्धी विषय सबैभन्दा जटिल मुद्दा रहेको स्वीकार गर्नुभएको छ । विशेषगरी डोनबास क्षेत्रमा प्रस्तावित मुक्त व्यापार क्षेत्रसम्बन्धी सहमति अझै अनिर्णीत रहेको उहाँको भनाइ छ ।
रुसको भूमिकाबारे बोल्दै ट्रम्पले रुसले भविष्यमा यूक्रेनको पुनर्निर्माणमा सहयोग गर्ने दाबीसमेत गर्नुभएको छ । यद्यपि, भूमिसम्बन्धी विवाद र डोनबासको आर्थिक संरचनाबारे सहमति नजुट्दासम्म अन्तिम सम्झौता अझै चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...











