ताजा समाचार

नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक होङबीच भेटवार्ता

काठमाडौँ । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङसी होङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।

भेटवार्तामा उनीहरूले गत असार महिनामा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण कार्य सकेर भोलि बिहीबारदेखि रसुवा नाका सञ्चालन हुन लागेकोमा खुशी प्रकट गरे। यसबाट नेपाल–चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास उनीहरुले व्यक्त गरेका महावाणिज्य दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साथै निरौला र वाङसी होङबीच भएकोे भेटवार्तामा दुई देशबिचका सबै सीमा नाकालाई व्यवस्थित गर्ने, नाकामा हुने आयातनिर्यात, मानव आवतजावतमा सहजीकरण गर्ने र सुरक्षा व्यवस्था बलियो बनाउने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org