उच्च अदालत पाटनद्वारा रवि र छविलालको धरौटी आदेश सदर
काठमाडौं । संगठित ठगीको आरोपमा दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध दिएको धरौटी आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालतको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम कानुनसम्मत देखिएको ठहर गर्दै आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।
जाहेरीकर्ता सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यस मुद्दामा प्रतिवादीहरूविरुद्ध संगठित रूपमा आर्थिक ठगी गरेको आरोप लगाइएको छ । जिल्ला अदालतले जाहेरी विवरण, प्रतिवादीको बयान, रकम प्रयोगको अवस्था तथा प्रारम्भिक संलग्नताको मूल्याङ्कन गर्दै पुर्पक्षका लागि धरौटी माग गर्ने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध प्रतिवादी पक्षले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सुनुवाइका क्रममा नेपाल सरकारको तर्फबाट उप-न्यायाधिवक्ता मोहन खनाल र सहायक न्यायाधिवक्ता अञ्जली शर्माले बहस गरे भने जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले बहस प्रस्तुत गरेका थिए । प्रतिवादी रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र सुरेन्द्र थापासहित अन्य कानुन व्यवसायीहरूले पक्ष राखेका थिए ।
बहसपछि इजलासले प्रतिवादीहरू धरौटी बुझाएर तारिखमा बसेको अवस्था, मुद्दाको प्रमाण संकलन प्रक्रिया जारी रहेको तथा हाल तत्काल आदेश परिवर्तन आवश्यक नदेखिएको भन्दै जिल्ला अदालतको आदेशलाई यथावत् राख्ने निर्णय गरेको हो ।
उच्च अदालतको आदेशमा भनिएको छ, “जिल्ला अदालतले गरेको धरौटी आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन।”
यससँगै रवि लामिछानेसहित सबै प्रतिवादी धरौटीमा रिहा भई तारिखमा बस्ने व्यवस्था कायम रहनेछ । अब मुद्दा काठमाडौं जिल्ला अदालतमा प्रमाण संकलन, साक्षी बयान र कानुनी प्रक्रिया पूरा गर्दै अन्तिम फैसलातर्फ अघि बढ्नेछ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












