ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशभर १९ वटा सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आईएमई बैंकले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिसँग सम्बन्धित कार्यक्रमहरू सार्वजनिक गरेको हो।
बैंकले अघिल्लो वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा देशभर १८ हजार बिरुवा रोप्ने घोषणा गरेकोमा पालिका, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थासँगको सहकार्यमा झन्डै २१ हजार बिरुवा रोपण गरिसकेको थियो। यस वर्षको १९औँ वार्षिकोत्सवका अवसरमा दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सातै प्रदेशमा सञ्चालन गरिने बैंकले जनाएको छ।
कार्यक्रमहरूमध्ये ‘ग्लोबल आईएमई स्वस्थ नारी पहल’ प्रमुख कार्यक्रमका रूपमा रहेको छ। यसअन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ। प्रारम्भिक चरणमा पहिचान भएका तथा गम्भीर अवस्थाका बिरामी महिलाको शल्यक्रिया उपचार दोस्रो चरणमा गरिनेछ। पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन्।
त्यसैगरी, बैंकले सातै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ। साथै, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब तथा न्यून आय भएका विद्यार्थीहरूको आँखाको परीक्षण गरी आवश्यक चस्मा निःशुल्क वितरण गरिनेछ। बैंकले गरिब तथा न्यून आय भएका समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै जटिल तथा दीर्घ रोगका बिरामीहरूलाई पालिका तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोग पनि प्रदान गर्नेछ। शिक्षा क्षेत्रअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई यस वर्ष थप ७७ जनासहित विस्तार गरिनेछ। विगत पाँच वर्षमा यस कार्यक्रमबाट १४० छात्रा लाभान्वित भइसकेका छन्।
यसका अतिरिक्त दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १ हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण गरिनेछ। अर्थशास्त्र, व्यवस्थापन र कानुन संकायमा एमफिल तथा पीएचडी अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि वित्तीय सहयोग पनि उपलब्ध गराइनेछ। वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ। पालिकासँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने बैंकले जनाएको छ।
यसैगरी, मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम तथा बालगृहका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गरिनेछ। सूचना प्रविधिको विकाससँगै बालबालिकामा देखिएको अटिजमबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग पुर्याइनेछ। स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माणका लागि दुर्गम क्षेत्रका विद्यालय तथा समुदायमा खेलकुद सामग्री वितरण गरिनेछ। साथै, आयआर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘उद्यमशाला’ कार्यक्रममार्फत गरिब तथा न्यून आय भएका व्यक्तिलाई व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ।
बैंकले आफ्ना ३ सय ५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि जनचेतना फैलाउने र अधिकतम् नागरिकलाई बैंकिङ प्रणालीमा समावेश गर्ने लक्ष्य लिएको छ। यी सम्पूर्ण कार्यक्रमले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै दीर्घकालीन सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












