भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म पाँचजनाको सनाखत भएको छ ।
सुमो दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडाका ४० वर्षीया सविता लम्साल, हेटौँडा–२, कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा–१०, भुटनदेवी टोलका ५६ वर्षीय कृष्णप्रसाद फुयाँल, भारतको बिहारका ५० वर्षीय अरविन्द कुमार र बिहारकै ४२ वर्षीय रजनीश कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा–४, कर्रा चोकका ४५ वर्षीय गणेश थापा, मृतक सविताकी १२ वर्षीया छोरी अभ्यास लम्सालको उपचार जारी छ । चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उनीहरूको उपचार भइरहेको छ ।
अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ की २१ वर्षीया ऋचा चौधरीको पनि उपचार जारी छ । हेटौँडा अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोगटीले बताए ।
काठमाडौंबाट हेटाँैडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार (पुस २०) साँझ सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनापश्चात् उद्धार गरेर उनीहरूलाई उपचारका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












